दार्चुलामा विजय जुलुसका लागि मान्छे लिन गएको हाइस दुर्घटना तीनजनाको मृत्यु

बैतडी । दार्चुलामा हाइस दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको हो । बिहान साढे ९ बजे महाकाली राजमार्गमा पर्ने शैल्यशिखर नगरपालिका-६ को ग्वानी भन्ने ठाउँमा से१ज २७७ नम्बरको हाइस दुर्घटना हुँदा तीनजनाको घटनास्थलमै मृत्यु भएको हो । गोकुलेश्वरतर्फ विजय जुलुसमा सहभागी गराउन मान्छे लिन जानेक्रममा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक हिक्मत थापाले जानकारी…