सर्वोच्चमा एआईजी पोखरेलको रिट दर्ता, बुधवार पेशी

काठमाडौं । जुनियर एआईजी धिरज प्रताप सिंहलाई नेपाल प्रहरीको महानिरीक्षक (आइजिपी) नियुक्त गर्ने निर्णय बदरको मागसहित एआईजी विश्वराज पोखरेलको रिट सर्वोच्च अदालतमा दर्ता भएको छ । पोखरेलका वारेस सुनिता राउतले रिट दर्ता गरेकी हुन् । भोलि मंगलबार सार्वजनिक बिदा परेको हुनाले रिटको आगामी बुधबारलाई पेशी तोकिएको सर्वोच्च अदालतका सूचना अधिकारी देवेन्द्र ढकालले जानकारी दिए ।…