काठमाडौ । नेपाल प्रहरीको आइजिपी नियुक्तिविरुद्ध परेको रिटमा सुनुवाइ सुरु भएको छ। सर्वोच्चका कामु प्रधान न्यायाधीश दीपककुमार कार्की र न्यायाधीश कुमार चुडालको इजलासमा सरकारी वकिलहरूले बहस सुरु गरेका हुन् । आइजिपी धिरजप्रताप सिंहको तर्फबाट सहन्यायाधिवक्ता सोमकान्त भण्डारीले बहस सुरु गरेका हुन् । आइजिपी नियुक्तिमा असन्तुष्टि जनाउँदै १७ महिना सिनियर एआईजी विश्वराज पोखरेलले दायर गरेको रिटमा…