काठमाडौँ । ठेकेदार कम्पनीबाट कार्य सम्पादन जमानत नलिई सम्झौता गर्ने जीतपुरसिमरा उपमहानगरपालिका प्रमुख प्रशासकीय अधिकृतविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ । बालगंगा खोलाबाट खोलाजन्य पदार्थ उत्खनन, सङ्कलन तथा बिक्री गर्ने ठेकेदार कम्पनीबाट कार्य सम्पादन जमानत नलिई सम्झौता गर्ने प्रमुख प्रशासकीय अधिकृत शिवराज सेढाईबिरुद्ध आयोगले एक करोड २० लाख २८ हजार ९० रुपैयाँ बिगो…