काठमाडौं । रामेछाप, ओखलढुंगा र कैलालीमा तीन जना मृत अवस्थामा फेला परेका छन् । रामेछापको मन्थली नगरपालिका–११ गेलु धुसेनिस्थित तामाकोशी नदी किनारमा हाल पहिचान नखुलेकी अन्दाजी ४५ वर्षीया महिला बुधबार मृत अवस्थामा फेला परेकी छन् । ओखलढुङगाको मानेभन्ज्याङ गाउँपालिका–६ स्थित जयराम घाट दुधकोशी नदीको किनारमा खोटाङ हलेसी तुवाचुङ नगरपालिका–४ बस्ने ६७ वर्षीय सन्ते माझी बुधबार…