सप्तरी । सप्तरीको बलानबिहुल गाउँपालिका–६ सेहरा चोकमा गएराती ३ जना सवार मोटरसाइकल पल्टिदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा दुई जना गम्भीर घाइते भएका छन् । मृत्यु हुनेमा मोटरसाइकल चालक सखुवानन्कारकट्टी गाउँपालिका–२ का २२ वर्षीय लोचन यादव रहेका छन् । गम्भीर घाइते भएका उनको उपचारका लागी अस्पताल लैजादै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको…