जनगणनाका लागि सही विवरण उपलब्ध गराउन प्रधानमन्त्री देउवाको अपील

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय जनगणनाका लागि आवश्यक पर्ने सही विवरण उपलब्ध गराउन आमनागरिकसँग अपील गरेका छन् । जनगणनाको मूल गणना सुरु हुनु अघि भिडियो सन्देशमार्फत प्रधानमन्त्री देउवाले नागरिकले दिएका सम्पूर्ण व्यक्तिगत विवरण तथ्यांक ऐन, २०१५ बमोजिम गोप्य रहने भएकाले आआफ्नो घरमा आउने गणकलाई सही विवरण उपलब्ध गराउन अनुरोध गरे । संघीयतापछिको पहिलो जनगणनाको…