आज लक्ष्मी पूजा : धन र समृद्धिको कामनासहित पूजाआजा गरिँदै

काठमाडौं, १८ कात्तिक । कत्तिक कृष्ण पक्षको औंसीमा लक्ष्मी पूजा गरिन्छ । कात्तिक कृष्ण पक्षको औंसीको रातलाई वर्षका चार महत्वपूर्ण रातहरूमध्येको सुखरात्री पनि भनिन्छ । यस दिन स्त्री जाति विशेषगरी कुमारी केटीहरूले घरघरै गई भैलो खेल्ने चलन छ । यो रात सबैभन्दा अँध्यारो रातको रुपमा लिइन्छ । अन्धकार आकाशलाई सबैले घरघरमा दीप प्रज्वलन गरेर उज्यालो…