यो स्थिति सहेर बस्ने सुविधा कसैलाई छैन: हिमानी शाह

काठमाडौं । पूर्व युवराज्ञी हिमानी शाहले नेपालबाट भैरहेको प्रतिभा पलायन रोक्नुपर्ने बताएकी छन् । हिमानी ट्रस्टले शुक्रबार काठमाडौंमा आयोजना गरेकाे कार्यक्रममा बोल्दै शाहले भनिन्, ‘प्रतिभा पलायन रोक्नुपर्नेछ । यो स्थितिलाई सहेर बस्ने सुविधा हामी कसैलाई छैन ।’ कोषकी अध्यक्ष पूर्व युवराज्ञी शाहले नेपाली जनताको सेवा नै कोषको लक्ष्य रहेको बताइन् । उनले महामारीको समय सबै…