काठमाडौं । गृह मन्त्रालयले सामाजिक सञ्जालमार्फत भ्रम फैलाउनेलाई कारबाही गर्ने चेतावनी दिएको छ । मन्त्रालयले आज विज्ञप्ति निकालेर पछिल्लो समय सामाजिक सञ्जालमार्फत सार्वजनिक शान्ति सुव्यवस्थामाथि खलल पुग्ने गरी घृणाजन्य अभिव्यक्ति फैलाउने काम भइरहेको भन्दै त्यस्ता व्यक्तिलाई कानूनी दायरामा ल्याउने जनाएको हो । मन्त्रालयको विज्ञप्तिमा सामाजिक सञ्जाललगायतका माध्यमको गलत प्रयोग गरी कानूनले निषेध गरेका द्वेषपूर्ण एवम्…