काठमाडौं । सामाजिक सञ्जालका आईडी ह्याक गरी आफन्तको नाममा दुःख परेको बहाना बनाएर रकम माग्ने घटना बढेपछि प्रहरीले सतर्क रहन आग्रह गरेको छ । पछिल्लो समय आफन्तको नाम प्रयोग गरी रकम माग्ने क्रम बढेकोले सबैलाई उच्च सतर्कता अपनाउन प्रहरीले आग्रह गरेको हो । फेसबुक, ह्वाट्सएप लगायतका अकाउन्ट ह्याक गरी आर्थिक सहयोग माग्ने, चिठ्ठा परेको भन्दै…