काठमाडौँ। नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीविरुद्ध सर्वोच्च अदालतमा परेको रिटमा आज सुनुवाइ हुँदैछ । गभर्नर अधिकारीको शैक्षिक योग्यतामाथि प्रश्न उठाउँदै अधिवक्ताहरू दीपकराज जोशी, प्रतापसिंह ठकुराठी, दामोदर तिम्सिना र चुडामणि भण्डारीले संयुक्तरूपमा दायर गरेको रिटमा सर्वोच्चले आजका लागि पेसी तोकेको हो । नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा २० मा गभर्नरको लागि शैक्षिक योग्यता…