जीवन बिमा कम्पनीहरुले ६५ प्रतिशतले बढाए मुनाफा, कुनको अवस्था कस्तो छ ?

काठमाडौँ । सञ्चालनमा रहेका १२ वटा जीवन बिमा कम्पनीहरुले गत आर्थिक वर्षको वित्तीय विवरण प्रकाशित गरेका छन् । रिपोर्टअनुसार जीवन बिमा कम्पनीहरुको नाफा गत वर्षको अन्तिम त्रैमाससम्ममा ६५.३५ प्रतिशतले बढेर ३ अर्ब ६८ करोड २३ लाख १४ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसैअवधिमा यिनीहरुले २ अर्ब २२ करोड ६९ लाख रुपैयाँ नाफा कमाएका थिए…