नुवाकोट । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बैंकहरू मिटरब्याजी जस्तो हुन नहुने बताएका छन् । झुलाघाट–चिवाभञ्ज्याङ यात्राअन्तर्गत आज आइतवार नुवाकोटमा भएको अन्तरक्रिया कार्यक्रममा उनले बैंकहरूले साहु तथा मिटरब्याजीको जस्तो निर्मम तरिकाले नभएर विकासका लागि सहयोगी र अनुकूल संस्थाको रूपमा दायित्व निर्वाह गर्नुपर्नेमा जोड दिए । अध्यक्ष ओलीले बैंकहरूले जुन सर्तमा व्यवसायीलाई ऋण दिएको हो…