अमेरिकी रोजगारदाताहरूले मे महिनामा दुई लाख ७२ हजार रोजगारी थपेका छन् । रोजगारी अप्रिल महिनादेखि बढिरहेको छ । निरन्तर उच्च ब्याजदरका बाबजुद कम्पनीहरू रोजगारी जारी राख्न अर्थतन्त्रमा पर्याप्त विश्वस्त छन् भन्ने यसले सङ्केत दिएको छ । गत महिनाको बलियो रोजगारी वृद्धिले अमेरिकाको उपभोक्ता–सञ्चालित अर्थतन्त्रको स्थायित्वलाई झल्काउँछ । मुलुकका परिवारहरूले आफ्नो स्थिर खर्च जारी राख्दा धेरै…