‘पुम्दीकोट गण्डकी प्रदेशको प्रमुख धार्मिक गन्तव्य’

पोखरा । गण्डकी प्रदेश सरकारका अर्थ मन्त्री रामजी प्रसाद बराल जीवनले पुम्दीकोट बिशाल महादेवको मुर्ति गण्डकी प्रदेशकै प्रमुख धार्मिक पर्यटकीय गन्तव्यको रुपमा विकसित हुदै गरेको बताएका छन् । यस बर्षको साउन महिनाको अन्तिम सोमबार बोलबमको अवसरमा सोमबार साँझ निकालिएको आरती कार्यक्रममा सम्बोधन गर्दै मन्त्री बरालले पुम्दीकोट विशाल महादेवको मुर्ति निर्माण अभियानलाई सफल पार्न सबैको ध्यान…