एसइईको आवेदन फाराम खुल्यो (सूचनासहित)

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई)को आवेदन फारम खुलाएको छ। बोर्ड अन्तर्गत परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले आज सूचना जारी गर्दै परीक्षामा सहभागी हुन एक महिनाभित्र फाराम भर्न आह्वान गरेको हो। आजदेखि माघ १२ गतेसम्म फाराम भर्न सकिने कार्यालयले जनाएको छ । तोकिएको समयभित्र फाराम भर्ने व्यवस्था मिलाउन विद्यालयलाई निर्देशन दिँदै…