काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महाविर पुनले राजीनामा दिएका छन् । पुनले आफ्नो अभियानमा लाग्न मंगलबार बिहान पदबाट राजीनामा दिएका हुन् । अर्थमन्त्री रामेश्वर खनालले सामाजिक सन्जाल मार्फत् पुनले राजीनामा दिएको पुष्टि वरेका छन् । ‘महाविर पुनले आफ्नो अभियानमा लाग्न राजीनामा दिनुभयो’ अर्थमन्त्री खनालले लेखेका छन् ।