गार्गी कन्या गुरुकुलको अक्षयकोषका लागि महायज्ञ, राष्ट्रपतिले उद्घाटन गर्नुहुने

काठमाडौं । गार्गी कन्या गुरुकुलले अक्षयकोष स्थापनाका लागि भोली फागुन १ गतेदेखि पशुपतिनाथ क्षेत्रस्थित सुमार्गी भवनमा सप्ताह ज्ञान महायज्ञ गर्ने भएको छ । उक्त महायज्ञको राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन गर्नुहुने आयोजकले पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिएको छ । गुरुकुललाई दिगोरुपमा सञ्चालन गर्न, बालिकामा गुरुकुल शिक्षाको महत्व बढाउन र गुरुकुलको अक्षयकोष स्थापनाका लागि गार्गी कन्या…