काठमाडौं । विवादित प्रावधानका कारण रद्द गरिएको त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्ति प्रक्रियाका लागि पुनः दरखास्त आह्वान गरिएको छ । उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिले सोमबार सार्वजनिक सूचना जारी गर्दै दरखास्त आह्वान गरेको हो । समितिले प्रकाशित गरेको सूचनामा ‘समितिबाट स्वीकृत त्रिभुवन विश्वविद्यालयको उपकुलपति छनोट तथा सिफारिससम्बन्धी कार्यविधि २०८०’ बमोजिम…