नेपाल आँखा अस्पताल ५१औँ वर्षमा : हालसम्म ३४ लाख जनाले पाए आँखा सेवा

काठमाडौं । त्रिपुरेश्वरस्थित नेपाल आँखा अस्पताल ५१औँ वर्षमा प्रवेश गरेको छ । विसं २०३० चैत २६ गते स्थापित यस अस्पतालबाट हालसम्म ३४ लाख ३८ हजार पाँच सय ७२ जनाले आँखा जाँचको सेवा लिएका छन् । यसैगरी हालसम्म एक लाख ३७ हजार एक सय ७४ जनाको आँखाको शल्यक्रिया गरिएको छ । स्वर्ण महोत्सवको पूर्वसन्ध्यामा आयोजित पत्रकार…