भरतपुर क्यान्सर अस्पतालमा बोनम्यारो प्रत्यारोपण केन्द्र बन्ने

चितवन । भरतपुरको वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा बोनम्यारो प्रत्यारोपण केन्द्र बन्ने भएको छ। अस्पतालका कार्यकारी निर्देशक डा. शिवजी पौडेलका अनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको समन्वयमा चीन सरकारको सहयोगमा अस्पलात परिषर भित्र बोनम्यारो प्रत्यारोपण केन्द्र स्थापनाको लागि काम अगाडि बढेको छ। विश्व मापदण्ड अनुसारको पाँच शैयाको अत्याधुनिक बोनम्यारो प्रत्यारोपणको भवन तथा औजार सहितको परियोजना चालु…