काठमाडौं । उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठको स्वास्थ्य अवस्थाबारे 'पेकिंग युनियन मेडिकल कलेज अस्पताल, बेइजिङ'ले बिहीबार दिउँसो 'मेडिकल सर्टिफिकेट' जारी गरेको छ । श्रेष्ठलाई 'एक्युट मायोकार्डियल इन्फेक्शन' भएको र आकस्मिक कोरोनरी एन्जियोग्राफी गर्दा 'ओब्टस मार्जिनल शाखामा अवरोध देखिएको अस्पतालले जनाएको छ । उनकाे मुटुको बायाँ धमनीमा महत्त्वपूर्ण 'स्टेनोसिस' देखिएको र त्यसलाई कम गर्न तुरुन्तै 'स्टेन्ट' राखिएको…