चिकित्सक कुटपिट घटना : सरकारले बनायो वार्ता समिति

काठमाडौं । सरकारले आन्दोलरत नेपाल चिकित्सक सङ्घसँग वार्ता गर्नका लागि वार्ता टोली गठन गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले मन्त्रालयका अतिरिक्त सचिव डा. विकास देवकोटाको संयोकत्वमा पाँच सदस्यीय वार्ता समिति गठन गरेको मन्त्रालयका सहसचिव तुलसीनाथ गौतमले जानकारी दिए । समितिको सदस्यमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, गृहमन्त्रालय, कानुन न्याय तथा संसदीय मामिला मन्त्रालय र…