उपचार नपाएर बालिकाको निधन भएकोमा सांसदको ध्यानाकर्षण

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले समयमा उपचार नपाउँदा कान्ति बाल अस्पतालमा एक बालिकाको निधन भएको विषयमा नेपाल सरकारको ध्यानाकर्षण गराएका छन् । उपचारका लागि लगिएकी बालिका रेजिशा गोपालीको सोमबार निधन भएको थियो । बिरामी भएर छट्पटाइरहेकी बालिकालाई दुई घण्टासम्म चिकित्सकले नहेर्दा उनको इमर्जेन्सी कक्षमै निधन भएको थियो । नेकपा (एमाले) का सचेतक महेश वर्ताैलाले…