काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले विभिन्न सञ्चारमाध्यममा आएका भ्रमपूर्ण समाचारप्रति आपत्ति जनाएका छन् । उनको सचिवालयले एक विज्ञप्ति जारी गर्दै पार्टीका महासचिव घनश्याम भुसालसँग बुधबार भएको भेटवार्ताका क्रममा पार्टीका आन्तरिक समस्या समाधान साथै समाजवादी कार्यक्रमबारे छलफल गरिएको विषयलाई अतिरञ्जित गरी विभिन्न सञ्चारमाध्यममा प्रसारण भएको समाचारप्रति ध्यानाकर्षण भएको जनाइएको…