सुनसरी । ठूलो वर्षाका कारण खहरे खोलामा आएको बाढीले लगातार खोला कटान गर्न थालेपछि धरान उपमहानगरपालिका–१३ खहरे खोला नजिकका बस्ती उच्च जोखिममा परेका छन् । खहरे खोलामा बस्तीमाथिबाट लगातार बाढी आउने गरेपछि त्यहाँका स्थानीय बासिन्दाले रातभर सुत्न नसकेर जाग्राम बस्नुपरेको बताएका छन् । धरान–१३ की राधिका लिम्बूले घरभित्र पानी पसेपछि घर सफा गर्न दुई दिन…