ललितपुरमा बाढी पीडितका लागि अझै पुनर्वासको व्यवस्था हुन सकेन

ललितपुर । गएको असोज ११ र १२ गतेको बाढी पहिरोबाट प्रभावित भएकाहरूका लागि अहिलेसम्म पुनर्वासको व्यवस्था हुन सकेको छैन । पुनर्वासको व्यवस्था नहुँदा पीडितले आफन्तको घर, टहरा र छोराछोरीको डेरामा यसपटकको दशैँ तिहार मनाएका छन् । छिमेकी बचाउन जाँदा आफ्नो परिवारका सबै सदस्य गुमाएका डुकुमान स्याङ्तान अहिले ठूलो बुवाको छोरा जिरामान स्याङ्तानको घरमा आश्रय लिएर…