सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिका–७ तिपेनीमा निरन्तरको सुक्खा पहिरोले इन्द्रावती नदीमा जोखिम छ । अस्ति आइतवार रातिदेखि झर्न थालेको पहिरो हिजो दिउँसो र गएराति पनि नरोकिएको गाउँपालिकाका प्रवक्ता एवम् वडा–६ का अध्यक्ष नारायण भट्टराईले जानकारी दिए । गएराति पहिरो खसेका कारण नदीको आधाजसो भाग एकैछिन थुनिएको थियो । नदी थुनिन सक्ने क्षेत्र वडा नम्बर…