‘पानी पर्दा मुटु काँप्छ, टहरा बगाउला भन्ने डर लाग्छ’

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकस्थित हेलम्बुको उच्च भेगमा वर्षा हुँदा मेलम्ची खोलाको सतह बढेर आउँछ । साबिकभन्दा खोला बढेपछि नदी आसपास रहेकाहरूबिच भागदौड मच्चिन्छ, कारण खोलामा सामान्य बाढी आउँदा पनि यहाँका स्थानीयले १ असार २०७८ सम्झिहाल्छन् । आजभन्दा तीन वर्षअघि हेलम्बुको शिर भेमाथाङको विशाल चौर भत्केर आएको लेदोसहितको बाढीले मेलम्ची नगरपालिका र हेलम्बु गाउँपालिकालाई सिधै छोप्यो ।…