काठमाडौं । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले सरकारले आम सर्वसाधारणका लागि छिट्टै धरहरा खुला गर्ने तयारी भइरहेको बताएका छन् । बुधबार सिंहदरबारस्थित मन्त्रालयमा पूर्वाधार पत्रकारको धरहरासम्बन्धी जिज्ञासामा उपप्रधानमन्त्री सिंहले सरकारको सय दिनभित्रै धरहरा चढ्न मिल्ने गरी बन्दोवस्ती मिलाउन लागिएको बताए । उपप्रधानमन्त्री सिंहले धरहराको सबै काम नसकिए पनि धरहरा चढ्न चाहनेका लागि आवश्यक बन्दोबस्त…