काठमाडौं । साविक विजेता बंलादेश साफ महिला च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ । दशरथ रंगशालामा आइतबार भएको सेमिफाइनल खेलमा बंगलादेशले भुटानलाई ७–१ गोलले हरायो । बंगलादेशको जितमा तोहुरा खातुनले ह्याट्रिक गरिन् । कप्तान सविना खातुनले दुई तथा रितु चक्मा र सेउली अजिमले एक गोल गरिन् । भुटानका लागि डेकि ल्हाजोमले सान्त्वना गोल फर्काइन् । बंगलादेश…