चितवन । चितवनमा डेंगी सङ्क्रमणबाट थप एक जनाको ज्यान गएको छ । ज्यान जानेमा भरतपुर महानगरपालिका–२० चनौलीका ४१ वर्षीय पुरुष रहेका छन् । उनको उपचारका क्रममा भरतपुर अस्पतालमा ज्यान गएको हो । ज्वरो आएर उपचारका लागि गएको शुक्रवार अस्पताल भर्ना भएका उनको आज ज्यान गएको भरतपुर अस्पतालका वरिष्ठ फिजिसियन डा. कल्याण सापकोटाले जानकारी दिए ।…