वीरगञ्ज । डेढ दशकअघिसम्म वीरगञ्जको मुख्य सडकमा फोहोरमैलाका डंगुर र मरेका पशु चौपाया थुप्रिएको हुन्थ्यो । मुख्य सडक भएर यात्रा गर्ने जो कोहीले पनि नाकमुख छोप्दै हिँड्नुको विकल्प थिएन । तर, अहिले परिस्थिति फेरिएको छ । विसं २०७४ मा स्थानीय तहको निर्वाचनसँगै स्थानीय तहमा जनप्रतिनिधि आएसँगै उनीहरुले आफ्नो ठाउँबाट सुधार गर्नेतर्फ अग्रसर देखिएका छन् ।…