यथास्थितिमा क्रमभंग गर्न जरुरी छ : विप्लव

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव एवं समाजवादी मोर्चाका संयोजक नेत्रविक्रम चन्द्र ‘विप्लव’ले यथास्थितिमा क्रमभंग गर्न जरुरी रहेको बताएका छन् । मंगलबार राष्ट्रिय सभागृहमा मोर्चाले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा उनले जनतातिर फर्कने कानुन संरचना निर्माण गर्नुपर्ने आफूहरूको दृष्टिकोण रहेको सुनाए । उनले भने, “यथास्थितिमा क्रमभंग गर्न जरुरी छ । संकट र सम्भावनाको कुरा गरिरहेका छौँ…