जबरजस्ती करणीको जाहेरी परेपछि फरार भए एमालेका नेता विदुर शर्मा

काठमाडौं । नेकपा एमाले दोलखाका नेता विदुर शर्मा फरार भएका छन्। एक युवतीले प्रहरीमा जबरजस्ती करणीको जाहेरी दिएपछि शर्मा फरार भएका हुन् । भक्तपुर सूर्यविनायक-२ बालकोट बस्दै आएका शर्मालाई प्रहरीले खोजी गरिरहेको छ। प्रहरी वृत्त दरबारमार्गमा युवतीले शर्माविरूद्ध जबरजस्ती करणीको जाहेरी दिएकी थिइन्। जाहेरी परेपछि खोजीमा रहेको प्रहरीले शर्मा कहाँ छन् पत्ता लगाउन सकेको छैन।…