काठमाडौं । बहराइनमा भएको फिफा विश्वकप छनोट अन्तर्गतको खेलमा नेपाल घरेलु टोली विरुद्धको दोस्रो खेलमा पनि पराजित भएको छ । बहराइनस्थित राफा राष्ट्रिय रंगशालामा नेपालले दोस्रो खेलमा ३-० को हार बेहोरेको हो । पहिलो खेलमा ५-० को हार बेहोरेको नेपालले गएराती भएको खेलमा पनि पराजय भोगेको छ । नेपाल माथि घरेलु टोलीनै हावी भएको थियो…