बन्तरिया शिविरका बाढी पीडितको पुनःस्थापना भएन

कञ्चनपुर । हावाहुरी चल्ने मौसम सुरु भएसँगै शुक्लाफाँटा नगरपालिका-१२ बन्तरिया शिविरका ६४ वर्षीय वासुदेव रानालाई रातिको समयमा निन्द्रा पर्न छाडेको छ । वनको छेउमै रहेको उनको झुपडीमा हावाहुरी चलेपछि रुख खसेर थिच्ने डरले सताउन थालेको हो । ‘विस्तारै हावाहुरी चल्ने मौसम सुरु भएको छ । बैशाख/जेठमा आउने हावाहुरीले रुखहरुनै ढाल्ने गरेका छन्’, रानाले भने, ‘कहिलेकाहीँ…