इजरायल–प्यालेस्टिन युद्धमा दुवैतर्फ गरी ८ सय जनाभन्दा धेरैको ज्यान गयो

जेरुसलम । इजरायलमा प्यालेस्टिनी विद्रोही समूह हमासले गरेको आक्रमणमा ज्यान गुमाउनेको सङ्ख्या चार सय जनाभन्दा धेरै पुगेको छ । हमासले हिजो शनिवारदेखि शुरु गरेको आक्रमणमा इजरायलमा चार सय जनाभन्दा धेरैको ज्यान गएको इजरायली अधिकारीहरूलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । यस्तै दुई हजार जनाभन्दा धेरै घाइते भएका छन् । कैयौँ इजरायलीलाई हमास विद्रोहीले बन्धक बनाएका…