काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) ले 'सिंहदरबार आगो लगाइदिने' भन्दै शनिबार राति लेखेको स्टाटस हटाएका छन्। उनको नामको फेसबुक र ट्वीटर दुवैमा उक्त स्टाटस देखिदैन । मेयर साहले सोमवार सामाजिक सञ्जालबाट सो स्टाटस हटाएका हुन्। शनिबार राति ९ बजेर २१ मिनेट जाँदा उनले लेखेका थिए, ‘आजको लागि केही भएन, भोलिबाट हाम्रो महानगरपालिकाको…