पोखरा । आहारारा पोखरा गोल्डकपमा डिफेन्डिङ च्याम्पियन संकटा क्लबलाई हराउँदै विभागीय टिम त्रिभुवन आर्मी सेमिफाइनल प्रवेश गरेको छ । पोखरा रंगशालामा भएको दोस्रो क्वार्टरफाइनल खेलमा आर्मीले संकटालाई ३–० ले पराजित गरेको हो । आर्मीको जितका लागि दिनेश हेमजङ र जिलेप्सीजंग कार्कीले गोल गरे । संकटा बाइ पाएर सिधै क्वार्टरफाइनल प्रवेश गरेको हो भने आर्मीले प्रिक्वार्टरफाइनलमा…