भेरीगङ्गा । रुकुम–पश्चिमकाे आठबिसकोटकी हीरा विक माइतीमा नगएको धेरै भएको थियो । दाइहरू भदाभदैसँग भेट्न जाने भन्दाभन्दै घरको कामले समय नै मिलाउन नसकेर उनी माइतीमा जान पाएकी थिइनन् । यही १७ कात्तिकमा उनी घरको कामबाट फुर्सद मिलाएर भेटघाटका लागि माइतीमा गइन् । धेरैपछि आएकी बहिनीलाई माइतीमा मिठोमसिनो खुवाउनुपर्छ भनेर उनको दाइले मासु किनेर ल्याए ।…