काठमाडौं । सरकारले असार १ गतेदेखि भदौ मसान्तसम्म सडकमा खन्ने र भत्काउने काम गर्न रोक लगाउने भएको छ । वर्षा याममा सडक खन्दा थप बिग्रिने भन्दै सडक विभागले असार १ देखि भदौ मसान्तसम्म सडक खन्न नदिने निर्णय गरेको हो । संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय, काठमाडौंले वर्षायाममा सडक खन्ने स्वीकृति नदिइने बताएको छ ।…