उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनले देशका महिलाहरूलाई सम्बोधन गर्दै घट्दो जन्मदरलाई ध्यान दिन विशेष अपिल गरेका छन् । उनले महिलालाई बढी सन्तान जन्माउन आग्रह गरेको भिडियो उत्तर कोरियाको सरकारी मिडिया कोरियन सेन्ट्रल टेलिभिजनमा शेयर गरिएको थियो, जुन अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । ११ वर्षपछि पहिलो पटक राजधानी प्योङयाङमा आयोजित आमाहरूको सम्मेलनमा…