सुर्खेत । बडादशैँ प्रत्येकको घरघरमा प्रवेश गरिसकेको छ। बडादशैँलाई नेपालीले विशेष महत्त्व दिएर मनाउँछौँ । परदेसिएका आफन्तहरू पनि दशैँको मौका पारेर घर फर्किने गर्दछन् । दशैँमा घर लिपपोत गरी चिटिक्क पार्नु महत्त्वपूर्ण मानिन्छ । रातो माटो र कमेरोले घर लिप्दा घर पनि कम्ता आकर्षक देखिँदैनन् । रातो माटो र कमेरोले लिपेपछि मात्र गाउँघरमा दशैँ आएको अनुभूति…