किएभलाई अमेरिकी समर्थनबारे आश्वस्त पार्न अमेरिकी रक्षामन्त्रीको युक्रेन भ्रमण

किएभ (युक्रेन) । वासिङ्टनले रुसी सेनाको आक्रमणविरुद्धको लडाइँलाई समर्थन जारी राख्ने वासिङ भनी युक्रेनलाई आश्वस्त पार्न अमेरिकी रक्षामन्त्री लोयड अस्टिनले सोमबार किएभको अघोषित भ्रमण गरेका छन् । अमेरिकाले युक्रेनका लागि सुरक्षा सहयोगमा अर्बौं डलर प्रदान गरेको छ । साथै उसले ‘जबसम्म आवश्यक हुन्छ’ किएभलाई समर्थन गर्ने वाचा दोहोर्याउँदै आएको छ । यद्यपि कट्टरपन्थी रिपब्लिकन सांसदहरूको…