दोहोरो कर हटाउन स्थानीय तहलाई आग्रह

बारा । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले बारा र पर्साका स्थानीय तहलाई कवाडीकरको नाममा कच्चा पदार्थमा समेत लगाइएको कर हटाउन आग्रह गरेका छन्। जितपुरसिमरा उद्योग वाणिज्य सङ्घको छैटौँ स्थापना दिवसका अवसरमा शनिबार बाराको जितपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले स्थानीय तहले यो कर नहटाए संघीय सरकारले उचित कदम चाल्ने बताए। मन्त्री रिजालले उद्योगी-व्यापारीले आर्जन…