कोलोराडो । कोलोराडो निवासी नेपालीभाषी समुदायले गायक मिलन लामाको उपस्थितिमा शुभकामना सांस्कृतिक साँझ कार्यक्रमको आयोजना गरी नयाँ बर्ष २०८० को शुभकामाना आदान-प्रदान गरेका छन् । नेपालीहरुको साझा संस्था रकी माउन्टेन फ्रेन्डस् अफ नेपालले आयोजना गरेको शुभकामना साँझमा सहभागी भई उनीहरुले एक आपसमा शुभकामना आदान प्रदान गरेका हुन् । कार्यक्रममा कोलोराडोमा बसोबास गर्ने नेपालीभाषीहरुको उपस्थिति थियो…