काठमाडौँ । प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीसँग आज (शुक्रबार) संसदीय सुनुवाइ समितिले सवाल-जवाफ गर्ने भएको छ । आजको बैठकमा सांसदहरूले प्रश्न सोध्ने र प्रधानन्यायाधीशमा सिफारिस कार्कीले जवाफ दिने कार्यसूची रहेको छ । समितिको आजको बैठकमा कार्कीलाई समिति सदस्यहरूले जिज्ञासा राख्नेछन्। सुनुवाइबाट अनुमोदन भए उनी प्रधानन्यायाधीशमा नियुक्त हुनेछन्। कार्की अहिले कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारीमा छन्। बिहीबारको बैठकमा उनले…