कृषि विकास बैङ्कको सीईओमा गोविन्द गुरुङ नियुक्त

काठमाडौँ । कृषि विकास बैङ्कको प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा गोविन्द गुरुङ नियुक्त भएका छन् । चार वर्षे कार्यकालको लागि गुरुङको नियुक्ति भएको हो । कृषि विकास बैङ्कको सञ्चालक समितिले खुला प्रतिस्पर्धाबाट गुरुङलाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो । हिमालयन बैङ्कबाट बैङ्किङ करिअर सुरु गरेका गुरुङको सिभिल बैङ्कमा सीईओको रूपमा काम गरेको अनुभव छ ।…