वेष्ट इण्डिजविरुद्ध नेपालले पहिला फिल्डङ गर्दै

काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप छनोटअन्तर्गत आफ्नो तेस्रो खेलमा नेपालले वेष्ट इण्डिजसँग खेलिरहेकाे छ । जिम्बाव्वेको हरारे स्पोर्टस क्लबमा नेपालका कप्तान रोहितकुमार पौडेलले टस जितेर फिल्डिङ रोजेका हुन् । भरखरै सुरु भएकाे खेलमा वेष्ट इन्डिजले ब्याटिङ गरिरहेकाे छ । आजको खेलमा अमेरिकाविरुद्ध खेलेको टिममा परिवर्तन गरिएको छैन । चोटग्रस्त सोमपाल अझै फिट भइसकेका छैनन् ।…